अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

बोस्टनमा राईहरूको समर पिकनिक सम्पन्न

सुरेश चाम्लिङ, न्यु हेम्सायर २०७५ भदौ ३० गते ९:०७ मा प्रकाशित

युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा बोस्टनमा भब्यरुपमा समर पिकनिक सम्पन्न भएको छ। नेपालबाट अमेरिका भ्रमणमा आउनु हुने तथा नेपालबाट भर्खर अमेरिकामा आइ बसोबास गर्नु हुने किराँत राई महानुभाव हरूलाई केक काटेर र खादा ओढाएर सम्मान गरिएको थियो ।  नेपालबाट अमेरिका भ्रमणमा आउनु भएका नेपाल सरकारका पूर्व कर्मचारी तथा किराँत राई चाम्लिङ खाम्बातिमको पूर्व सभापति बाग धन राईले अमेरिकामा किराँत राईहरू सङ्गठित भएर नेपालमा विभिन्न क्षेत्रमा गरेको सहयोग अति सराहनीय रहेको कुरा बताउनु भएको थियो ।

अर्गनाइजेसनका केन्द्रीय सभापति विष्णु राईले किराँत राईहरू सङ्गठित भएर अन्य धेरै सिर्जनात्मक कामहरू गर्नु आजको आवश्यकता भएको कुरा बताउनु भएको थियो । अर्गनाइजेसनका उप सभापति मुना राईले संस्थाको मुख्य उद्देश्य मिसन २०२० रहेको र उक्त मिसनमा २०२० सम्ममा संस्थाले अमेरिकामा जग्गा खरिद गर्ने र त्यहाँ साकेला थान ,चुला पुज्ने घर लगायतका कार्य गर्ने स्थलको निर्माण गरिने बारेमा जानकारी गराउनु भएको थियो । नाच गान, बार्बेक्यु र विभिन्न मनोरंजनात्मक कार्यक्रम गरिएको उक्त पिकनिकमा बोस्टन लगायत न्यु योर्क, मेरील्यान्ड, कनेक्टिकट, न्यु  हेम्प्शायर लगायतका राज्यबाट किराँती राईहरू सहभागी भएको उक्त कार्यक्रमको सभापतित्व अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले गर्नु भएको थियो भने उद्घोसण सल्लाहकार धौल वीर राईले गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू