अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

इन्डोनेसियामा पानीजहाज दुर्घटना, १० जनाको मृत्यु, १२६ को उद्धार

बिआरटीनेपाल २०७५ भदौ ३० गते ८:५५ मा प्रकाशित

इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा भएको पानीजहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अन्य १२६ जनालाई भने सकुशल उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । ‘केएम फुङका पेर्माटा’ नामक पानीजहाज दक्षिणीपूर्वी सुलवेसीको बाउबाउबाट बनगाइ भन्ने ठाउँतर्फ गइरहेका बेला मध्य इन्डोनेसियाको सागुमा दुर्घटना भएको समाचार छ । पानीजहाजमा आगोलागी भएपछि पानीमा पल्टिएको जनाईएको छ ।

उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाइ बन्दगाहमा अवतरण गराएका थिए । इन्डोनेसियामा बेलाबेलामा भइरहने यस्ता पानीजहाज दुर्घटनामा परी वर्षेनी सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू