अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

गीतकार बुद्धवीर लामाको आठौँ एकल साँझ राजधानीमा सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ २९ गते २२:२३ मा प्रकाशित

काठमाडौँ – चर्चित गीतकार बुद्धवीर लामाको आठौँ एकल साँझ राजधानीमा शुक्रवार आयोजना गरिएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकल साँझमा अहिलेका चर्चित गायक गायिकाले उनीद्धार लिखित करिब एक दर्जन गीत प्रस्तुत लाइभ गएर सुनाए । 

देश, समाज र जनताका लागि उत्कृष्ट योगदान दिएका तर आधिकारिक निकायहरूबाट ओझेल मा रहेका समाजका विभिन्न व्यक्तिलाई ताम्रपत्र र दोसल्लाले सम्मान गर्दै सुरु भएको कार्यक्रम करिब ३ घण्टा चलेको थियो ।

कार्यक्रममा ‘श्रष्ठा सम्मान २०७५’बाट वरिष्ठ गीतकार ईश्वर श्रेष्ठ, देउडा सम्राट् नन्द कृष्ण जोशी, वरिष्ठ साहित्यकार प्रतीक ढकाल, भगवती दश श्रेष्ठ, ‘उत्कृष्ट समाजसेवी तथा नागरिक सम्मान २०७५’बाट मिस एसएलसी रोजिना लामा, ‘उत्कृष्ट नागरिक तथा राष्ट्रिय सम्मान २०७५’बाट सुर्यदय नगरपालिका इलामका प्रमुख रणबहादुर राई, आयुर्वेदिक चिकित्सक राकेश कुमार सिंह र शिक्षा सेवी रामचन्द्र महतो कुश वाह सम्मानित भए ।

त्यस्तै ‘उत्कृष्ट निजामती सेवा सम्मान २०७५’ निमा तेन्जिङ शेर्पा, छविलाल सुवेदी, शिवप्रसाद चापागाईँ, रेवती रमण तिमल्सेना, मुक्ति प्रसाद आचार्यले प्राप्त गर्दा श्रीमती मुना सिलवाल, इन्दिरा याक्थुम्बाले ‘शैक्षिक सम्मान २०७५’ प्राप्त गरे ।

पूर्व ब्याडमिन्टन खेलाडी तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष किशोर बहादुर सिंहलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७५’ समेत प्रदान गरिएको कार्यक्रम ‘एथलेटिक्स तथा खेलकुद सम्मान २०७५’ द्धारा पुष्पलाल श्रेष्ठ, भैरवी शाही, कपिल भट्ट, जीतबहादुर केसी सम्मानित भए । सम्मानित सबैलाई पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले ताम्रपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका दिए ।

बुद्धवीरद्धारा रचित गीतहरूको सङ्ग्रह एलबम ‘आमा तिम्रो माया’ समेत विमोचन गरिएको एकल साँझका लागि सङ्कलित रकम मध्यबाट खर्च कटाएर बढी भएको रकम जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्र फर्पिङ, पवित्र बाल उत्थान केन्द्र चाबहिल र वैकुण्ठ मानन्धर स्र्पोटस् फाण्डेसन काठमाडौँलाई प्रदान गरियो । यी संस्थालाई क्रमशः २५,२५ र ६० हजार प्रदान गरिएको थियो । ब्लुरेन एजुकेसन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा गायक गायिका अपेक्षा बन्यातले आमा तिम्रो माया, कहाँ छ त्यो बाल अधिकार, नारायण लामाले त्छो रोल्पा ताल, पार्वती राईले खोटाङ हलेसी, सत्य कला राईले भेटौला मायालु इन्टरनेटमा, तिमीलाई हङकङ पुर्यायो, शम्भु राईले यो मन भन्छ कहाँ जाऊ, चलेछ बतार सुस्तरी, यम बरालले बादलको घुम्टोले, कुन्ती मोक्तानले मत हिँड्छु मेरै बाटो लगायतका बुद्धवीरले नै रचना गरेका गीत प्रस्तुत गरे ।

भुवन लामाको हाँयब्यंग, साधना कला केन्द्र, ग्यालेक्सी पब्लिक स्कुलका र ब्लुरेन इनटरनेशनल बोर्डिङ स्कुलको आकर्षक नृत्य कार्यक्रममा राखिएको थियो । गीतकार लामाको जन्मस्थान सुर्यदय नगरपालिकाको विषयमा निर्माण भएको वृत्तचित्र समेत प्रदर्शन गरिएको कार्यक्रममा मधु शमशेर जबरा, प्रदीप खनाल, दावा तामाङ लगायत व्यक्तिको समेत उपस्थिति रहेको थियो ।

गीतकारको एकल साँझ आफ्नो नै पहिलो भएको दाबी गरेका बुद्धवीर लामाले यस अगाडि २०६१, ०६३, ०६४, ०६५,०७०, ०७१ र ०७३ मा एकल साँझ गरेको कार्यक्रममा जानकारी दिए । आफ्नो एक गीत लगातार सुन्न चाहने गीत सङ्गीत प्रेमीको चाहना पुरा गर्न आफूले नियमित एकल साँझ गर्दै आएको लामाको भनाई रहेको थियो । 

फोटो: कृष्ण खड्का

प्रतिक्रिया