अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

युगाण्डामा तीज कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ २९ गते २२:१० मा प्रकाशित

राष्ट्रिय समन्वय परिषद् युगान्डाका अनुसार करिब ४५ जना नेपलीहरु ले युगान्डा को राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेस्टुरेन्टमा जम्मा भई धूमधामसँग नेपाली पर्व तीज मनाएका छन् ।

उक्त कार्यक्रम राष्ट्रिय समन्वय परिषद् युगान्डाका अध्यक्ष राजमणि भण्डारीका साथ उहाँका परिवारजन, पूर्व अध्यक्ष रमेश कंडेल र आइसिसि सदस्य जीवनाथ पंगेनीका साथै पदाधिकारीहरू र सदस्यहरूका साथै उहाँहरूको परिवारको उपस्थिति रहेको थियो ।

कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो । त्यस पश्चात् सबै जना मिलेर नाचगान गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू