अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

मन्त्रिपरिषद बैठकः नेपाल वायुसेवा निगमको सदस्यमा खरेल नियुक्त

बिआरटीनेपाल २०७५ भदौ २९ गते २१:१५ मा प्रकाशित

नेपाल वायुसेवा निगमको संचालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गरिएको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीका अनुसार, शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले खरेललाई सदस्यमा नियुक्त गरेको हो । निगमको संचालक समितिमा अध्यक्षसहित ७ जना सदस्य रहने व्यवस्था छ । हालको व्यवस्था अनुसार पर्यटन सचिवले संचालक समितिको अध्यक्षता गर्दै आएका थिए । मन्त्रिपरिषदले सचिवको स्थानमा खरेललाई सदस्यमा मात्रै नियुक्ति दिएको हो ।

मन्त्रिपरिषदका एक सदस्यका अनुसार सरकारले अर्को क्याबिनेट बैठकमा खरेललाई कार्यकारी अध्यक्ष बनाउने तयारीका साथ हाललाई सदस्यमा नियुक्त गरेको जनाईएको छ । खरेल हालका महाप्रबन्धक सुगतरत्न कशांकारअघि निगममा खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धक हुनुभएको थियो । व्यक्तिगत कारण देखाउँदै उहाँ पूरा कार्यकाल नबसेर निगमबाट बाहिरीनुभएको थियो । उहाँ वाहिरिएपछि सरकारले कशांकारलाई नियुक्त गरेको थियो। कशांकारको पदावधि सकिन अव ९ महिना मात्रै वाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू