अविरल वर्षापछि गएको पहिरोले थुनिएको वागलुङ्गको वढिगाड खोलाको वहाव विस्तारै खुल्दै गएको छ । कालीगण्डकी नदीमा मिसिने बढिगाढ खोला बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको तुरतुरे भन्ने स्थानमा गएराती करिव १२ः३० बजे पहिरोका कारण थुनिएको थियो । स्थानीय खबरबाङवासीका अनुसार रातभर रोकिएको खोला शनिवार विहानवाट ओभरफ्लो भएर विस्तारै खुलेको हो । खोलाको वहाव खुलेपछि नेपाल बाढी पूर्वानुमान शाखाले बाग्लुङ र गुल्मी जिल्लाका तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
बाग्लुङका ढोरपाटन नगरपाकिला, निसिखोला गाउँपालिका बढिगाड गाउपालिका तथा गुल्मीको सुचना मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरु गाउँपालिका, सत्यवती गाउँपालिका लगायतका स्थानीय तहका तटीय क्षेत्रमा सर्तकता अपनाउन भनिएको हो । विशेष गरी तटीय क्षेत्रका बुर्तिबाङ बजार, भिमगिठ्ठे, मझुवा, चोरकाटे, खैरेनी, रुद्रवेनी लगायतका बजारमा उच्च सर्तकता अपनाउनुपर्ने जनाईएको छ ।