अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन राष्ट्रपतिको आग्रह

बिआरटीनेपाल २०७५ भदौ २९ गते ९:२२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभएको छ । राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् रहेको वताउनुभयो । ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह रहेको उल्ल्ेख गर्दै राष्ट्रपति भण्डारीले घटनाको गाम्भीर्यतालाई मनन् गरी हत्यामा संलग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील वन्नुपर्ने वताउनुभयो ।

राष्ट्रपति भण्डारीले बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यवहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिने वताउनुभएको छ । बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने भन्दै उहाँले कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क भएकाले यसलाई जरैदेखि उखेलेर फाल्नुपर्ने ठहर गर्नुभयो ।

कार्यक्रममा वोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधान प्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको जानकारी गराउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव वुद्धिबहादुर खड्काले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न स्थानीय सरकार बढी सम्बेदनशील बन्नुपर्ने वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू