अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

निर्मला पन्तका बाबु–आमाद्धारा गृहमन्त्री थापासंग भेट

बिआरटीनेपाल २०७५ भदौ २९ गते ९:१७ मा प्रकाशित

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका आमा–बाबुले शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संग भेट गर्नुभएको छ । सो अवसरमा गृहमन्त्री थापाले निर्मलाका आमा– बाबुसँगको भेटमा सरकार हत्यामा संलग्नको नजिक–नजिक पुगेको वताउनुभएको थियो । उहाँले हत्यामा संलग्न भए जोकोहीलाई पनि सरकारले नछोड्ने आश्वासन समेत दिनुभयो ।

निर्मलाका बाबु–आमा यज्ञराज पन्त र दुर्गादेवी पन्तले गृहमन्त्री थापालाई अपराधिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न ज्ञापनपत्रसमेत बुझाउनुभएको छ । केही अधिकारकर्मीसहित गृह मन्त्रालय पुगेका यज्ञराज र दुर्गादेवीले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

गृहमन्त्री थापाले पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको वताउनुभएको छ । घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिइने थापाको भनाई थियो । दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने वताउनुभयो । स्वर्गीय निर्मलाका आमा, बुवाले घटना भएको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधि पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू