अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

नेपाली युवाद्धारा अमेरिकामा आत्महत्या

बिआरटीनेपाल २०७५ भदौ २९ गते ४:५९ मा प्रकाशित

अमेरिकामा वसोवास गर्दै आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर २ स्थायी घर भई हाल क्यालिफोर्नियाको हल सान पाव्लो वस्दै आएका वर्ष २३ का संजीत भट्टले आत्महत्या गरेका हुन् । उनले सेप्टेम्वर ११ तारिखको दिन पुलबाट हाम फालेर आत्महत्या गरेको पारिवारिक श्रोतले जनाएको छ । संजीतका बुवा कृष्ण भट्टका अनुसार उक्त दिन आफैले कार चलाएर सान राफेल पुगेका संजीतले त्यहीं पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

आत्महत्यापछि अनुसन्धानको क्रममा प्रहरीले संजीतले लेखेको सुसाइड नोट समेत फेला पारेको जनाईएको छ । सुसाइड नोटमा संजीतले बा आमालाई धन्यवाद दिएका छन् भने आफुले कोही कसैको केही नविगारेकाले अरुको कारण आत्महत्या नगरेको खुलाएका छन् । आत्महत्याको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरुले जानकारी दिएको छ । संजीतको अन्त्येष्टी शुक्रबार क्यालिफोर्नियाको एल सोबरनेटमा गरिने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू