अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

अमेरिकामा आँधीको चेतावनीः फ्लोरेन्सका कारण सयौंको ज्यान जानसक्ने चेतावनी

बिआरटीनेपाल २०७५ भदौ २८ गते २३:४६ मा प्रकाशित

अमेरिकाको पूर्वी तट नजिकै आइरहेको समुन्द्री आँधी फ्लोरेन्सका कारण सयौंको ज्यान जानसक्ने चेतावनी दिईएको छ । फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी का वरिष्ठ अधिकारी ब्रोक लोंगका अनुसार समुन्द्री आँधीका कारण नजिकैका इलाकामा बाढी समेत आउन सक्नेछ ।
अधिकारीहरुका अनुसार फ्लोरेन्स आँधीको गती १ सय ६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । यति तीब्र गतीको हावाका कारण खतरा अत्यधिक भएको रहने उनीहरुको भनाई छ । आँधीका कारण भर्जिनिया र क्यारोलाइनामा इन्चमा नभई फुटसम्म पानी भरिन सकिने चेतावनी दिइएको छ ।

आँधीको गती पहिलेको तुलनामा कम भएपनि वर्षामा मात्रामा भने कुनै कमी नहुने जनाईएको छ । आँधीको समय नजिकिँदै रहेको र समुन्द्र छाल केही घण्टाभित्रै आउँने वताईएको छ । मौसम वैज्ञानिकले फ्लोरेन्सको वास्तविक असर शुक्रबार स्थानीय समयानुसार बिहान आठ बजेको वरिपरि हुने अनुमान गरेका छन् ।

क्षतीको आशंका गर्दै उत्तरी क्यारोलाइना, दक्षिणी क्यारोलाइना र भर्जि्नियाको तटीय इलाकाबाट लगभग १७ लाखलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ । फ्लाइट अवेयर डट कमका अनुसार आँधीकै कारण १४ सयबढी उडान रद्द गरिएको छ । तटीय इलाकाका धेरैजसो हवाई अड्डालाई बन्द गरिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू