अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

लेखा समितिले माग्यो वाइडबडीको कागजात

बिआरटीनेपाल २०७५ भदौ २८ गते २०:०६ मा प्रकाशित

काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजमा अनियमितताको चर्चा भएपछि संसदको सार्वजनिक लेखा समितिले यसमा छानबिन गर्ने भएको छ । 

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै बिहीबारसम्ममा यससँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

निगमले एयरवस ३३० – २०० सिरिजका २ वटा वाइडबडी जहाज खरिद गरेको छ । यो समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।

यी जहाज खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि समितिले खरिदसँग सम्बन्धित कागजात उपलब्ध गराउन पत्र काटेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू