अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

नेपाली राष्ट्रिय फुटवल टोली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७५ भदौ २८ गते १०:०७ मा प्रकाशित

बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । विहीवार काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमनास्थलमा उत्रिएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबल समर्थकहरुले स्वागत गरेका थिए । समूह चरणमा राम्रो प्रदर्शन गरेको नेपाली टोलीले योपटक पनि सेमिफाइनलको खुड्किलो पार गर्न असफल भयो ।

समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसित पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जित्दै नेपाल समूह विजेता बनेको थियो । तर, बुधबार भएको सेमिफाइनलमा नेपालले अपेक्षा गरेअनुसारको प्रदर्शन गर्न नसक्दा माल्दिभ्ससँग ३–० ले पराजय व्यहोर्नुपरेको थियो ।

स्वदेश फर्किएपछि नेपाली टोलीका कप्तान विराज महर्जनले अरु खेल राम्रो भएपनि सेमिफाइनलमा मौसमले साथ नदिँदा सोचेजस्तो प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिनुभयो । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको यो पाँचौपटक हो । यसअघि, सन् १९९५, १९९९, २०११ र २०१३ मा पनि नेपाली टोली सेमिफाइनल चरणवाटै नेपालको यात्रा सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू