अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

चीनको हुनानमा अन्धाधुन्ध कार हाँक्दा ९ जनाको मृत्यु, ४३ घाइते

बिआरटीनेपाल २०७५ भदौ २८ गते १०:०५ मा प्रकाशित

चीनको दक्षिणी हुनान प्रान्तको हेगयांग शहरको व्यस्त चोकमा एक व्यक्तिले अन्धाधुन्ध कार हाँक्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४३ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । स्थानिय बिनजियांग चोकमा रातो रङको एसयूवी कारले थुप्रै व्यक्तिहरुलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको थियो ।

स्थानीय संचार माध्यमहरुले त्यसक्रममा केही व्यक्तिहरुमाथि चक्कु प्रहार पनि गरिएको बताएका छन् । सुरक्षा अधिकारीहरुले कार चलाउने व्यक्ति आपराधिक पृष्ठभूमीको रहेको र उसलाई पक्राउ गरिएको जनाएका छन् । घटनामा चरमपंथीहरुको संलग्नता रहे या नरहेको बारेमा भने अहिलेसम्म केही खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू