अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 18:49

अमेरिकाको क्यालिफोर्नियामा ६ जनाको गोली हानी हत्या

बिआरटीनेपाल २०७५ भदौ २८ गते १०:०३ मा प्रकाशित

अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर ६ जनाको हत्या गरेको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छन् । क्यालिफोर्नियाको वेकर्सफल्डमा भएको गोलीकाण्डलाई प्रहरीले घरेलु हिंसाको रुपमा व्याख्या गरेको छ । कर्न काउन्टीका प्रहरी अधिकृत मार्क किङले गोली चलेको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको जनाएका छन् ।

हत्यामा संलग्न व्यक्तिले ट्रक व्यवसायीको हत्या गरेपछि श्रीमतीको हत्या गरेका थिए । उक्त गोलीकाण्डका प्रत्यक्षदर्शीलाई पनि ती व्यक्तिले लखेट्दै हत्या गरेका थिए । गोली लागेर तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको छ । प्रहरीले मृतकको नाम सार्वजनिक गरेको छैन ।

बन्दुकसँग सम्बन्धित हिंसाका घटना दिनहुँ भइरहने अमेरिकामा यो पछिल्लो गोलीकाण्ड हो । पछिल्लो अध्ययनमा अमेरिकाको जनसंख्या विश्वको कूल जनसंख्याको करिब ४ प्रतिशत मात्र छ तर करिब ४० प्रतिशत बन्दुक अमेरिकी जनताका हातमा छ । स्मल आर्म्स सर्भेकाअनुसार, नागरिकका हातमा विश्वभर करिब ८५ करोड ७० लाख बन्दुक छ र त्यसमध्ये ३९ करोड ३० लाख थान बन्दुक अमेरिकी नागरिकसँग रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू