अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

विदेशमा उपचार गराउदा नेताले खर्च आफै व्यहोर्नु पर्ने

बिआरटीनेपाल २०७५ भदौ २८ गते १०:०२ मा प्रकाशित

विदेशमा उपचार गर्ने नेताहरुलाई अब राज्यले उपचार खर्च उपलब्ध नगराउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा राखेर कानूनमै यस्तो बन्देज लगाइएको छ । परिमार्जन सहितको विधेयक आज संसदमा पेश गरिएको छ । यस अघि विधेयकमा यस्तो नभए व्यवस्था नभए पनि थप गरिएको हो । नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा उपचार गराउनेलाई खर्च दिन नहुने भन्दै संशोधन हाल्नुभएको थियो ।

विदेशमा उपचार गराउने नेताहरुको लागि राज्यले करोडौं खर्च गर्दै आइरहेको अवस्थामा यस प्रकारको नयाँ विधेयक आउन लागेको हो । विधेयक छिट्टै पास गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू