अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

पार्टी र सरकारका अघि मुलुक समृद्ध बनाउने चुनौती– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ भदौ २८ गते १०:०१ मा प्रकाशित

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न सुशासन र तीव्र आर्थिक विकासमा जोड दिइएको पनि स्पष्ट पार्नुभयो ।

बिहिबार काठमाडौंमा लेखनाथ न्यौपानेद्धारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तक विमोचन गर्दै उहाँले आफ्नो पार्टी र सरकारका निम्ति मुलुकलाई समृद्ध बनाउने चुनौती रहेको वताउनुभयो । समाजमा विद्यमान चुनौतिलाई सामना गरेर भोलिको नेपाल निर्माण गर्ने अभियानमा जुटन पनि अध्यक्ष प्रचण्डले युवाहरुलाई आह्वान गर्नुभएको छ । प्रचण्डले राजनीतिमा जति सन्तुष्टि अन्य क्षेत्रमा नभएको भन्दै त्यसमा समर्पित भएर लागि पर्न पनि पार्टीका युवा नेताहरुलाई आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू