अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग

बिआरटीनेपाल २०७५ भदौ २८ गते ९:१३ मा प्रकाशित

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गर्नुभएको छ ।

बलात्कार र हत्या हिंसा गर्नेलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन उहाँहरूले सरकारको ध्यानाकर्षण गराउँदै यसका लागि प्रहरी सङ्गठनभित्र नयाँ शाखा स्थापना गर्न सुझाव दिनुभयो । उहाँहरूले सिंहदरबार पश्चिम ढोकामाथि हरियाली छाएको व्यङ्ग्य गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न, निगगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न जमिन अधिग्रहण कार्य कहाँ पुग्यो ? भन्ने प्रश्न गर्नुभयो । सांसदहरूले महिलाको सुरक्षा बढाउन, प्रदेशका राजधानी तोक्न पनि सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसरी आफ्नो भनाइ राख्नुहुनेमा विन्दा पाण्डे, विमला विश्वकर्मा, विरोध खतिवडा, शेरबहादुर तामाङ, सरिताकुमारी गिरी, सरिता गिरी, सीतादेवी यादव, सुजाता कोइराला, सुजाता परियार, सञ्जयकुमार गौतम, ज्ञानकुमारी छन्त्याल, ज्ञानेन्द्रकुमार कार्कीलगायत हुनुहुन्थ्यो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू