अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

प्रहरी इन्चार्ज रामबाबु यादव घुससहित पक्राउ

बिआरटीनेपाल २०७५ भदौ २८ गते ९:१० मा प्रकाशित

गौशाला, महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार रामगोपालपुर इप्रका इन्चार्ज प्रहरी नायव निरीक्षक रामबाबु यादवलाई बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासको टोलीले पक्राउ गरेको हो ।

तस्करीका लागि भारतबाट लाइन मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेकै अवस्थामा यादव रङ्गेहात पक्राउ गरेका हुन् । उनलाई आवश्यक कारबाहीका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू