अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

साफ फुटबल खेलेर स्वदेश फर्कियो नेपाली फुटबल टोली

बिआरटीनेपाल २०७५ भदौ २८ गते ८:३१ मा प्रकाशित

काठमाडौँ, बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको छ ।

नेपाली टोली साढे एघार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । बङ्गलादेशमा भएको साफको १२ औँ संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा मालदिभ्ससँग पराजित हुँदै घर फर्किएको हो । समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा मालदिभ्ससँग ३–० को हार व्यहोरेको थियो । समूह चरणमा नेपालले बङ्गलादेश र भुटानमाथि सानदार जीत निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी र खेल प्रशंसकहरु नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । समूह चरणमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेका मालदिभ्स भारतसँग २–० ले पराजित भएको थियो । श्रीलङ्का पनि भारतसँग २–० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको गोलाप्रथामा मालदिभ्सले बाजी मारेको थियो । समूह चरणको खेलमा एक गोल पनि नगरी सेमिफाइनलमा आएको मालदिभ्सले सेमिफाइनलमा नेपाललाई तीन गोल गरेको हो । 

प्रतिक्रिया