अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

अर्थमन्त्री भन्छन्, पूरक बजेट हल्लामात्रै हो

बिआरटीनेपाल २०७५ भदौ २७ गते २०:०५ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पूरक बजेट ल्याउने कुनै सम्भावना नरहेको बताएका छन् । बजेट आएलगत्तै देखि उनको दल नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुले पूरक बजेट ल्याउन भित्रभित्रै दबाब दिदैं आएका थिए ।

तर केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा पूरक बजेट ल्याएर वृद्धभत्ता बढाउने भनी दिइएको सार्वजनिक अभिव्यक्तिले अर्थमन्त्रालयमाथि पूरक बजेट ल्याउन दबाब रहेको सहजै बुझ्न सकिन्छ । सरकार सञ्चालन गरीरहेकै दलका अध्यक्षले पूरक बजेटको माग गरे पनि अर्थमन्त्री खतिवडाले भने त्यस्तो कुनै तयारी मात्र होइन, सम्भावना नै नरहेको बताएका छन् ।
अर्थमन्त्रीले पूरक बजेट कुनै ठूलै अप्रत्याशित काम आइलागेमा मात्र ल्याउने व्यवस्था रहेको भन्दै रहर या लहडका भरमा पूरक बजेट नल्याइने उल्लेख गरे । ‘पुनर्निर्माण या अन्य कुनै क्षेत्रमा आशातीत काम भयो या कुनै अनपेक्षीत खर्च दायित्व आइलाग्यो भने ६ महिनापछि मात्र यस विषयमा सोच्न सकिन्छ, अन्यथा त्यो सम्भव छैन,’ अर्थमन्त्रीले भने ।

सरकारको नेतृत्वका लागि आकांक्षी समेत रहेका नेकपाका अध्यक्ष दाहालले पूरक बजेट ल्याउने बारे सार्वजनिक अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू