अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

साफ च्याम्पियनसिप : आज माल्दिभ्ससँग नेपाल भिड्दै, नेपाललार्इ इतिहास रच्ने अवसर

बिआरटीनेपाल २०७५ भदौ २६ गते २०:५६ मा प्रकाशित

ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आन बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप फुटबलमा ५ औं पटक सेमिफाइनल पुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।

नेपाल प्रतियोगितामा पहिलोपटक फाइनल पुग्ने प्रयासमा हुने छ। सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियन्सिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन। यस प्रतियोगिताको इतिहासमा नेपालले मालदिभ्सलाई हराएको छैन। तर यी दुई टोलीबीचको भिडन्त सँधै रोमाञ्‍चक रहँदै आएको छ। त्यसैले यसपटक नेपालले माल्दिभ्ससँग भोग्दै आएको बराबरी र हारको नतिजा जितमा बदल्न सकेन नेपालले इतिहास रच्नेछ ।

सेमिफाइनल पुग्ने टोली मध्ये सबैभन्दा कमजोर प्रदर्शन माल्दिभ्सको देखिएको छ । समूह ‘बी’बाट १ अंक र विना गोल माल्दिभ्सले सेमिफाइनल सम्मको यात्रा तय गरेको छ । त्यो पनि गोलप्रथामा भाग्यशाली रहँदै । २ खेल जितेको भारत समूह विजेता हुँदा समान १ अंक जोडेको माल्दिभ्स र श्रीलंकाबीच समूह दोस्रोका लागि गोला प्रथा भएको थियो ।

त्यसअर्थमा यसपटक माल्दिभ्स सेमिफाइनल पुग्ने सबैभन्दा कमजोर टोली भन्दा फरक पर्दैछ । त्यहि माल्दिभ्सलाई यसपटक नेपालले प्रतिद्वन्द्विका रुपमा पाएको छ । जबकी नेपाल समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।

नेपाल र मालदिभ्स साफ च्याम्पियनसिपमा पहिलोपटक सेमिफाइनलमा भिड्न लागेका हुन्। मालदिभ्स एक पटकको विजेता र तीन पटकको उपविजेता हो। पाँच पटक सेमिफाइनलमा रोकिएको छ। पछिल्ला तीन संस्करणमा लगातार सेमिफाइनल पुगेपनि त्यसभन्दा अगाडि बढ्न सकेको छैन। नेपाल पनि समग्रमा पाँचौं पटक सेमिफाइनल पुगेको हो।

प्रतिक्रिया