अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

काठमाडौं नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत अस्पताल सञ्चालन गर्न दिने तयारी

बिआरटीनेपाल २०७५ भदौ २६ गते २०:५० मा प्रकाशित

काठमाडौं । काठमाडौं नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत तीन सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिने तयारी गरेको छ । जब कि, विज्ञहरूको टोलीले कलेजको घट्टेकुलोस्थित अपार्टमेन्टमा अस्पताल सञ्चालनका लागि न्यूनतम मापदण्डसमेत नरहेको प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ ।

नयाँपत्रिका दैनीकका अनुसार स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले कलेजलाई अस्पताल सञ्चालनको स्वीकृति दिन जोड गरेकी हुन्।

मन्त्रालयका सबै विभागीय प्रमुखले निर्णय फाइलमा पूर्वाधार नपुगेको भनेर टिप्पणी लेखे पनि सचिव चौधरी भने स्वीकृति दिन जोडबल गरिरहेको खबर आजको नयाँपत्रिका दैनीकले लेखेको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू