अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदार ठगिन्दै, प्रतिघण्टा ३० रियाल छुट्याए पनि कामदारलाई ६ रियाल मात्रै

बिआरटीनेपाल २०७५ भदौ २६ गते २०:४४ मा प्रकाशित

काठमाडौं । कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याएर पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ ।

कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याईएको हो ।आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारको लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ । तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ ।

मैले कतारक धेरै उच्च अधिकारीहरुसँग भेट गर्दा प्रतिघण्टा ३० रियालसम्म कामदारका लागि दिएको पाएँ । तर कमदारको हातमा भने ६ रियाल मात्रै परिरहेको स्थिति छ, कतारका लागि नपाली राजदुत रेशमप्रसाद कोईरालाले भने । कतारले सुरक्षाकर्मीका लागि १२ हजार रियाल झन्डै ३ लाख ८४ हजार रुपैयाँ सम्म भुक्तानी गरेको खबर आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू