अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट आउन छाड्यो ग्यास

बिआरटीनेपाल २०७५ भदौ २६ गते २०:२९ मा प्रकाशित

विराटनगर – ‘सिलिन्डर बोक्ने जमाना अब गए,’ गत ५ भदौमा विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबर ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले घोषणा गरेका थिए । उपस्थित स्थानीयले ताली बजाएर प्रधानमन्त्रीको घोषणाको स्वागत गरे । त्यहाँका ३५ घरपरिवारले पाइपबाट ग्यास बाल्न पाइने भएपछि खाना पकाउने एलपी ग्यासका सिलिन्डर थन्क्याएका थिए ।

तर, स्थानीयको त्यो उत्साह लामो समय टिकेन । ग्यास वितरण प्रणालीमा समस्या भएपछि उनीहरू थन्क्याइएका सिलिन्डर निकाल्न बाध्य भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण भएको र प्रधानमन्त्री ओलीले तामझामसाथ उद्घाटन गरेको प्लान्टबाट आएको ग्यासमा १२ दिन खाना पकाएपछि बन्द भएको छ । गत १७ भदौदेखि स्थानीयवासीले फेरि काँधमा सिलिन्डर बोकेर डिलरसम्म पुग्नुपरेको छ ।

गौसदनमा स्थापना गरिएको प्लान्ट २ सय घनमिटरको हो । यहाँबाट निकालिएको ग्यास पाइपबाट स्थानीयलाई वितरण गर्न थालिएको थियो । सुरुसुरुमा त उपभोक्तालाई निकै सहज भयो । तर, आधिकारिक जानकारी नपाई ग्यास आउन बन्द भएपछि उनीहरू अलमलमा परे ।

सोधखोज गर्दै स्थानीय उपभोक्ता जागेश्वर यादव प्लान्ट पुगे । उनलाई भनियो– प्लान्ट स्तरोन्नति गरेर थप ४५ घरलाई पनि ग्यास बाँड्ने तयारी भइरहेकाले अहिले रोकिएको हो । तर, त्यो सत्य थिएन ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

विश्व बैंकको सहयोगमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विराटनगर महानगरपालिका र जिल्ला समन्वय समितिसमेतको १ करोड १० लाख लगानीमा प्लान्ट निर्माण भएको हो । प्रधानमन्त्री केपी ओलीले गत ५ भदौमा प्लान्ट उद्घाटन गरेका थिए । प्रधानमन्त्रीको टोलीमा मन्त्रीदेखि सरकारी ठूला अधिकारीको लस्कर र कार्यक्रमको तामझाम हेर्नलायक थियो ।

स्थानीय श्रीकृष्ण गौसेवा सदनले आयोजना गरेको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिलिन्डरका डल्ला फ्याँक्ने सपना साकार हुन्छ भनेर प्रमाणित भएको बताएका थिए । पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले पाइपबाट घरघरमा ग्यास पुर्‍याउने दिन आउने बताउँदा खिसी गरिएको स्मरण गराउँदै प्रधानमन्त्रीले अब त्यो दिन आएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू