अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

अरोरा कोलोराडोमा तिज सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ भदौ २६ गते १२:५५ मा प्रकाशित

नेपाली महिलाहरूको नजिकिँदै गरेको नेपाली महिलाहरूले परा पुर्वकाल देखि मनाउँदै आइरहेको महान् पर्व हरितालिका तीजको अवसर पारेर यही सेप्टेम्बर ९ आइतबारको दिन नेपाली रेसिडेन्ट अफ अरोराको आयोजनामा अरोरा स्थित टेमरिन रेस्टुरेन्टमा भव्य पारिवारिक तीज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सुरुवात औपचारिक रूपमा गरिए पनि डिनर कार्यक्रमबाट अनौपचारिक रूपमा अघि बढाइएको थियो । परदेशमा बसेर पनि आफ्नो धर्म संस्कार र परम्परालाई जोगाउने उद्देश्य लिएर अरोरा बासी नेपालीहरूले तिजको कार्यक्रम गत ५ वर्ष देखी गर्दै आएका छन् । गत केही वर्ष हुन नसकेको कार्यक्रम अब प्रत्येक वर्ष हुन्छ भन्छिन् आयोजक टिमकी देवी आचार्य । 

अहिले नेपाली चाड पर्वहरूको रौनकता देशमा भन्दा परदेशमा बसोबास गर्ने नेपाली समुदायमा प्रचुरमात्रमा प्रचार प्रसारका साथ मनाउने कार्य भइरहेको छ । अहिले तीजको कार्यक्रम विभिन्न नेपालीहरूको संस्थाद्वारा आयोजित हुनुको साथ साथै व्यक्तिगत रूपमा आ-आफ्ना नजिकका सँगी साथी बोलाई नाच गान गरी मनाउने चलन बढ्दै गइरहेको छ ।

गीत तथा तिजका गीतमा रमेका महिलाहरूको झम झम हेर्दा नेपालमै रहेको जस्तो भान हुन्थ्यो । यतिको रातेम्बै अरोरा यस अघि नदेखेको प्रतिक्रिया धेरैबाट पाइएको थियो । निकै व्यवस्थित हल, तिजौलो सृंगारमा रमेको बेलुका १० बजे सम्म चलेको थियो । कार्यक्रममा महिला दिदी बहिनी तथा उपस्थित सबैका लागि नेपाली रेसिडेन्ट अफ अरोराले हिन्दु संस्कृति झैँ माइती आएकी चेलीलाई झैँ सहुलियत दरमा दर खाने व्यवस्था समेत गरेको थियो । कार्यक्रममा करिब २०० नारी तथा पुरुषहरूको उपस्थिति रहेको जानकारी गराउँदै, यस उपस्थितिले आयोजकलाई सन्तुष्टि मिलेको कार्यक्रम आयोजक कि देबाश्री बस्यालले बिआरटी नेपाललाई जानकारी गराइन । 

देबाश्री बस्याल तथा सर्मिला शर्मा द्वारा सञ्चालन गरेको उक्त कार्यक्रममा सामूहिक तथा एकल नृत्यबाट अघि बढेको थियो । नृत्य गर्नेहरूमा बिकिता सापकोटा, ज्योत्सिला ढकाल, सुप्रिया सुबेदी, एस्वर्या भुजेल, परिक्रमा चौलागाईं, रिहाना कार्की, सलोना सिग्देल तथा अलिशा खड्का थिए ।

सुप्रियाले रमाइला रमाइला गीत बजाएर दिदीबहिनीहरूलाई नाच्न झन् झन् उत्साहित बनाएकी थिइन । उक्त कार्यक्रममा जमेर महिलाहरूले घित मारेर नाचेका थिए । उक्त कार्यक्रमको बिआरटि नेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

मोर फोटोहरु More Photoes

प्रतिक्रिया