अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

अफगानिस्तानमा तालिवानको आक्रमण, २३ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:३२ मा प्रकाशित

अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरी चौकीमा सशस्त्र तालिबानहरुले गरेको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको सहित तालिबानका १० जना लडाकू पनि मारिएका छन् । कुन्दुजका प्रहरी प्रमुख उक्त मानविय हताहती को पुष्टि गरेका छन् ।

कुन्दुजको दासित इ आर्ची जिल्लामा रहेका सरकारी कार्यालयहरु नजिकै रहेको सो प्रहरी चौकीमा सोमबार बिहानी पख तालिबानहरुले शक्तिशाली बन्दुक र रकेट लञ्चरजस्ता अत्याधुनिक हतियारहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ । सो जिल्लामा रहेका सरकारी कार्यालयलाई यसअघि पनि तालिबानहरुले लक्षित गर्ने गरेका थिए । गत हप्तामात्र पनि सो जिल्लामा उनीहरुले हमला गरेका थिए ।

यसअघि, अफगानिस्तानको अर्को प्रान्त बाघलानमा पनि गत शुक्रबार भएको यस्तै हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो । कुन्दुज र बाघलान अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्दछन् । ती क्षेत्रमा तालिबानहरुको वलियो प्रभाव रहेको वताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू