अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

अव पोखराको नाम पोखरा महानगरपालिका मात्रै रहने

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:३० मा प्रकाशित

पोखरा लेखनाथ महानरपालिकाको नाम पोखरा महानगरपालिका भएको छ । नेपाल सरकारले प्रदेश सरकार मार्फत पोखरा लेखनाथ महानगरपाकिलाको नगरसभाबाट पारित भएको निर्णयका आधारमा सो निर्णय लिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो निर्णयलाई सोमबार राजपत्रमा प्रकाशित गर्दै पोखरा लेखनाथ महागनरपालिकाको नामबाट लेखनाथ हटाउने निर्णयलाई औपचारिकता दिएको हो । यस अघि असारमा भएको नगरसभाले महानगरपालिकाको नामबाट लेखनाथ हटाउन प्रस्ताव पारित गरेको थियो ।

महानगरका वडा नम्बर १९ का वडा अध्यक्ष तथा कार्यपालिकाका नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सभामा प्रस्तुत गर्नुभएको प्रस्तावलाई कांग्रेसका सचेतक तथा वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गर्नुभएको थियो । पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको, छोटकरीमा भन्दा पनि ‘पोले’ नराम्रो सुनिने र विश्वमा नै ख्याति प्राप्त नाम भएकाले पोखरा मात्रै राख्ने माग रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू