अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

पार्टीमा एकता हुन नदिने प्रवृति नै अन्तरघात – काङ्ग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:२५ मा प्रकाशित

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको वताउनुभएको छ । जननायक बीपी कोइरालाको १०५औं जयन्तीका अवसरमा आज नेपालगञ्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको अन्तरघाती प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप समेत लगाउनुभएको छ । लोकतान्त्रिक पद्धतिको बाटो बिराउँदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुझ्नुपर्ने सभापति देउवाको भनाई थियो । नेपाल ट्रेड युनियन काङ्ग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागीलाई महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत लगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू