अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य – सभामुख महरा

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:२४ मा प्रकाशित

सभामुख कृष्णबहादुर महराले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुंगा भएको वताउनुभएको छ । चीन तिब्बत पर्यटन र साँस्कृतिक एक्सपो अन्तर्गत सोमबार ल्हासामा आयोजित ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेश्नल कोअपरेशन फोरमलाई सम्बोधन गर्दै सभामुख महराले बिआरआईले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौं अवसरहरु सृजना गरेको वताउनुभयो ।

बिआरआईमार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध बिस्तार गर्ने नेपाल र चीनको नेतृत्वको साझा लक्ष्य रहेको सभामुख महराको भनाई छ । बि.आर.आई.ले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

नेपाल लामो समयको राजनीतिक संघर्षपछि शान्ति तथा सामाजिक आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै सभामुख महराले आर्थिक विकास र जनताको समृद्धि नै नेपालको एक मात्र राष्ट्रिय एजेण्डा भएकोले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू