अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

प्रशासकले जनताको सेवकको रुपमा काम गर्नुपर्छ– गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:२३ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रशासकहरुले आफुलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकका रुपमा काम गर्नु पर्ने वताउनुभएको छ । सोमबार राजधानीमा आयोजित नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तीन महिने सेवाकालीन तालिम कार्यक्रमलाई संवोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धी र विकासमा योगदान गर्ने उद्देश्यसहित सबै प्रशासकले काम गर्नुपर्ने वताउनुभयो ।

विकासका लागि भ्रष्टचार प्रमुख बाधक भएको भन्दै त्यसका विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको मन्त्री थापाको भनाई थियो । अहिलेको नियम कानुन प्रशासकहरुले बुझ्नका लागिसमेत यो तालिम उपयोगी हुने गृहमन्त्रीको भनाई छ ।
कार्यक्रममा कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयका सचिव राजिव गौतमले प्रशासकहरुले अर्ध न्यायिक निकायको रुपमा समेत काम गर्नुपर्ने भएकोले तालिम पश्चात काममा सहजता प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू