अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

प्रधानन्यायधीशमा ओमप्रकाश मिश्र नियुक्त

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:२२ मा प्रकाशित

सर्वोच्च अदालतको प्रधानन्यायधीशमा ओमप्रकाश मिश्र नियुक्त हुनुभएको छ । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायधीश नियुक्त हुनुभएका मिश्रले राष्ट्रपति विद्या देवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ समेत लिनुभएको छ । नवनियुक्त प्रधानन्यायधीश मिश्रले सोमबार साँझ नै पदभार ग्रहण गर्नुभएको छ ।

नवनियुक्त प्रधानन्यायधीश मिश्रलाई प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले सर्वोच्वमा स्वागत गर्नुभएको थियो । संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी विदामा वस्नुभएको थियो । । तर, मिश्र प्रधानन्यायधीश नियुक्त भए लगत्तै जोशी सर्वोच्च जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू