अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

प्रचण्डको भारत भ्रमण सफल भएको नेकपाका दुबै अध्यक्षको निश्कर्ष

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:२० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको चार दिने भारत भ्रमण सफल भएको नेकपाले निष्कर्ष निकालेको छ । सोमबार बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच प्रम निवास बालुवाटारमा भएको समिक्षा वैठकमा यस्तो निष्कर्ष निकालिएको हो ।

दुबै अध्यक्षबीच भएको बैठकमा अध्यक्ष प्रचण्डले भारत भ्रमणको विषयमा जानकारी गराउनुभएको थियो । यसैवीच, पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधबार बिहान नेकपा केन्द्रीय सचिवालयको बैठक वस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू