अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

दुई वर्षपछि मलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री दिने सहमति छ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:१९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक छाड्ने सहमति भएको खुलासा गर्नुभएको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्ससँग गरिएको कुराकानीमा प्रचण्डले अहिलेको सम्झौताको स्पीरिट प्रधानमन्त्री ओलीले दुई वर्ष प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक छाडेर आफूलाई दिने सहमति भएको वताउनुभएको हो ।

भारत भ्रमणका क्रममा गरिएको उक्त कुराकानीमा प्रचण्डले यसबारे भारतीय नेताहरुसँग पनि कुराकानी भएको खुलाउनुभएको छ । अहिले उक्त सहमति अनुसार सबैजना प्रतिबद्ध वनेर अघि बढिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सहमति पालना हुने या नहुने पछिको विषय रहेको वताउनुभयो । अध्यक्ष प्रचण्डले चीन नेपालका सबै कम्युनिष्ट पार्टीलाई एक भएको हेर्न चाहे पनि तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको एकतामा चीनको कुनै दबाब, सुझाव वा चाहना नभएको प्रष्ट पार्नुभयो ।

उहाँले शान्ति प्रक्रियाको शुरुवातदेखि नै दुई पार्टीबीच एकताको कुरा चलेको बताउँदै यो एकता नितान्त घरेलु आवश्यकताले जन्माएको प्रक्रिया भएको स्पष्ट पार्नुभयो । माओवादी र एमालेबीचको एकीकरण मात्र पछिल्लो उकता नभएको स्पष्ट पार्दै प्रचण्डले मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवसँग पनि एकता हुनुपर्ने आवश्यकता र्औल्याउनुभयो । दुई पार्टी मात्र एक भएर नपुग्ने चीनको वुझाई रहेको प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले नेपालको राजनीति जहिले पनि भारतीय र चिनियाँ कार्ड खेल्नेमा अल्झिएको बताउँदै अब आफूहरुले त्यसको नगर्ने वताउनुभयो । चीनसँग पछिल्लो समय विभिन्न क्षेत्रमा सहकार्य र गतिविधिहरु बढेको भए पनि नेपालको आर्थिक गतिविधिमा भारत अझै पनि मुख्य कर्ता भएको प्रचण्डको भनाई थियो । उहाँले भारतलाई चिढाउने गरी चीनले नेपाललाई समर्थन नगर्ने वा नउक्साउने दाबी समेत गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आफू चीनको भ्रमणमा जाँदा कुनै पनि चिनियाँ नेताले भारतसँग राम्रो सम्बन्ध नबनाउ वा कुनै पनि प्रकारको नकारात्मक कुरा नगरेको पनि वताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू