अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:०४ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेमा आज साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ५ः२० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य शुरु भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै सवारीसाधन रोकिएका छन् । पहिरोले दुःख दिने गरेको यस सडकमा विगत एक महीनायता पहिरो खसेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू