अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

अस्मिताको मेरो बाबा सार्वजनिक, शिव श्रेष्ठ र हर्षका श्रेष्ठको अभिनय

बिआरटीनेपाल २०७५ भदौ २४ गते १०:५८ मा प्रकाशित

काठमाडौँ, व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश नयाँ गीत सार्वजनिक भएको छ । आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै मेरो बाबा बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा विश्व नेपालीको स्वर तथा सङ्गीत रहेको छ । 

अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन् । उनले भनिन्बा: बा आमा विना आफ्नो अस्तित्व हुँदैन । यदि उहाँहरूले जन्म नदिनु भएको भए म यो स्थितिमा हुने थिएन । त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ । उनी आमाको स्वर्गाहोरण पछि बाबाले आमा-बाबा दुवैको माया दिनुभएको बाबालाई यस गीत उपहार दिएको बताउँछिन् ।

युवराज बाइवाको निर्देशनमा तयार भएको भिडियोमा एक्सन किङको नामले चित परिचित अभिनेता शिव श्रेष्ठ र हर्षका श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एन्जल गुप्ता र दिपेन गौतमको पनि अभिनय देख्न सकिन्छ। भिडियो केही सन्देशमूलक पनि बनाइएको निर्देशक बाइबा बताउँछन् । भन्छन्, अहिले देशमा भइरहेको बलात्कारको विरुद्धमा यस भिडियो तयार पारेको छौँ ।

त्यस्तै अभिनेता शिव श्रेष्ठले यस भिडियोमा अभिनय गर्न पाउँदा निकै खुसी भएको बताए । उनले भने, धेरै फिल्ममा काम गरे पनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन । तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु निकै खुसी लागेको छ। हर्षका पनि भिडियोमा काम गर्न पाउँदा खुसी भएको बताउँछिन् ।

भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादनको जिम्मा निशान घिमिरेले लिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू