अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

आज मोतीराम भट्टको जन्मजयन्ती, विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँयो

बिआरटीनेपाल २०७५ भदौ २४ गते ८:२५ मा प्रकाशित

भाद्र कृष्ण औँसी । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाईएको छ । वि.सं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा भट्ट परलोक हुनुभएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुभएको थियो ।

नेपालमा छापाखाना भित्राएको श्रेय समेत भट्टलाई नै जान्छ । मोतीराम भट्टका ग्रन्थावली, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुनुहुन्छ । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी भट्टले नै वि.सं १९४१ मा प्रकाशन गराउनुभएको थियो । भट्टलाई नेपाली साहित्यका पहिलो भूमिका लेखकको रुपमा समेत चिनिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू