अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

दर खाँदा साढे ३ सय विरामी !

बिआरटीनेपाल २०७५ भदौ २३ गते २०:०५ मा प्रकाशित

काभ्रे — तीजको दर खाँदा पाँचखाल १२, कास्कोटेमा ३५ जना विरामी परेका छन् । 

स्थानीय ग्रामीण स्वावलम्बन बहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीन विशेष कार्यक्रममा दर खाएकामध्ये करिव साढे ३ सय जना विरामी परेको डीएसपी दीपक गिरिले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेशसभा सदस्य गोमा भुर्तेल पनि विरामी भएकी छिन् ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

भुर्तेल उनका पति शिव र छोरी पवित्रासहित अन्य केही विरामीलाई शिर मेमोरियल अस्प्ताल बनेपामा भर्ना गरिएको छ ।

रीता पहरी र अमृता खरेलको सघन उपचार कक्ष आईसीयु मा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अन्य दुई जनाको काठमाडौंस्थित निजामति अस्पतालको आइसीयुमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू