अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

साफ च्याम्पियनसिप फुटबल- बंगलादेशमाथि नेपालको शानदार जित, सेमिफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७५ भदौ २३ गते ९:३९ मा प्रकाशित

नेपाल वंगालादेशको राजधानी ढाकामा आयोजित साफ च्याम्पियनसीप फुटवलको सेमिफाईनलमा प्रवेश गरेको छ । आयोजक बंगलादेशलाई हराउँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेकोे हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो ।

तर, खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई निकै दबावमा राख्यो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाउनुभयो । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षकले हातमै पर्दा समेत उनले रोक्न सकेनन् र वल गोलमा परिणत भयो ।

खेलको दोस्रो हाफमा पनि नेपालले वंगलादेशमाथि दबाव बनाइराक्यो । निर्धारित ९० मिनेटको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालको जित सुनिश्चित वनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू