अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

पाँच वर्षभित्र मुलुकवाट गरिबी हटाइन्छ – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ भदौ २३ गते ९:३० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरिबी हटाइने वताउनुभएको छ ।
आज बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालीलाई गरिबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकहरूको कमजोरीका कारण नेपालीहरूले अहिलेको नियती भोग्नु परेको वताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सरकार भ्रष्टाचार न्यूनिकरणमा प्रतिवद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । वर्तमान सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू