अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

मन्त्रिमण्डलमा तत्काल हेरफेर नहुने– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ भदौ २३ गते ९:२९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डलमा तत्काल हेरफेर नहुने बताउनुभएको छ । जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाण्डौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेहरुले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको आरोप लगाउनुभयो । आलोचना र हमलाबाट नडराउन मन्त्रीहरुलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा पार्टी र सरकार मजबुद रहेकाले विकास र समृद्धिका लागि काम गरिरहेको दावी समेत गर्नुभएको छ । संघीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले गतिशील, सेवामुखी, पारदर्शी र स्वच्छ तथा जनताका साथमा रहेका जनप्रतिनिधिका रुपमा काम गर्न जिल्ला समन्वय समितिका प्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो ।

मुलुकी फौजदारी देवानी कार्यविधी संहिता एक वर्षअघि नै संसद्बाट पारित भई हाल कार्यान्वयनमा आएकाले आवश्यक परे संशोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई थियो । मुलुकी संहिताको विषयलाई लिएर सडकमा प्रदर्शन नगर्न पनि उहाँले सम्वद्ध सवैलाई आग्रह गर्नुभयो । कार्यक्रममा महासंघका प्रतिनिधिले आफूहरुलाई स्रोत र साधन दिएर अनुगमन र समन्वयको प्रभावकारी भूमिका दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू