अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

अब चीन हुँदै तेस्रो मुलुक

बिआरटीनेपाल २०७५ भदौ २३ गते १:०८ मा प्रकाशित

काठमाडौं – तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।

दुई देशका सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ ।

काठमाडौंमा बुधबार र बिहीबार चलेको बैठकले सन् २०१६ मा नेपाल र चीनबीच भएको यातायात तथा पारवहन सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिएको हो ।

नेपालले प्रयोग अनुमति पाएको समुद्री बन्दरगाह मुख्यतः दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, लाओस, भियतनाम र कम्बोडिया नजिक छन् ।

नेपालले अहिलेसम्म भारत र चीनबाहेक तेस्रो मुलुकसँग व्यापारका लागि भारतको कोलकाता र विशाखापटनम बन्दरगाह प्रयोग गर्दै आएको छ ।

चिनियाँ बन्दरगाह प्रयोगले नेपाललाई चीननजिकको देशबाट सामान आयातनिर्यातमा सजिलो हुनेछ ।

नेपालसहित १५ वटा देशसँग चीनको सीमा जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू