अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

ल्यापटप पनि छाडेनन् नेताले

बिआरटीनेपाल २०७५ भदौ २२ गते १९:०७ मा प्रकाशित

काठमाडौँ,राजनीतिक दलका शीर्ष नेताले नै संसद् सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै पिर्ता नगरेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार, संविधानसभा भङ्ग भएको १० महिना बितिसक्दा पनि नेताहरूले ल्यापटप फिर्ता गरेका छैनन् ।

यसरी ल्यापटप फिर्ता नगर्नेमा प्रमुख सचेतक र दलका नेता समेत रहेको संसद्को स्टोर शाखाका प्रमुख विनोदकुमार मालीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

स्टोर शाखा प्रमुख माली भन्छन्, ‘यसबारेमा नेताहरूलाई खबर गरिएको छ । उहाँहरूले आफैँले जानेर बुझाउनुपर्ने हो हामीले भनिरहन पनि मिलेन ।’ मालीकै भनाइमा नियमअनुसार सुविधा लिनु स्वाभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक काम हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू