अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

रामकृष्ण ढकालको म्युजिक भिडियो अमेरिकाको न्यूजर्सीको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रतियोगितामा चयन

बिआरटीनेपाल २०७५ भदौ २२ गते १०:०१ मा प्रकाशित

लोकप्रिय गायक रामकृष्ण ढकालले गाएको “अचेल पाइलै पिच्छे” भन्ने गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टर नेसनल फिल्म फेस्टिवल अफ जर्सी सिटी नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको छ ।

यो चयनले हाल अमेरिका क्यानडामा साङ्गीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई साङ्गीतिक यात्रामा अर्को खुसी थपिएको छ । यस प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै झर्नै १०० मुलुकका म्युजिक भिडियोहरू छानिएका छन् । नेपालबाट उक्त एक मात्र म्युजिक भिडियो चयनमा परेको हो ।

हालै साझा प्रकाशनबाट “चराको गीत” नामक चर्चित कविता सङ्ग्रह प्रकाशन गर्नुभएका चर्चित साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक सङ्गीतको स्वादमा तयार गरिएको यो गीत गायक तथा सङ्गीतकार हिमाल सागरको रचनामा तयार भएको थियो भने उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामी खडगले गर्नु भएको छ ।

मानवीय जीवनको सफलता असफलता आरोह अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम सङ्गीतका श्रोताहरूले निकै रुचाएको समेत पाइएको छ । आगामी २० सेप्टेम्बर देखि २३ सेप्टेम्बर सम्म चल्ने यो प्रतियोगितामा रामकृष्ण ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियो समेत हुने छ ।

आफ्नो म्युजिक भिडियो चयन भएकोमा युवा निर्देशक बिक्की पुलामी खड्गले हर्षित हुँदै आफूलाई अत्यन्त गर्वको अनुभूति भएको र यो भिडियो अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत हुने आशा समेत रहेको बताउनु भयो ।

रामकृष्ण ढकालले गाएको उक्त गीतको म्युजिक भिडियोको लिङ्क यहाँ प्रस्तुत छ ।

प्रतिक्रिया