अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

उत्तर र दक्षिण कोरियाली नेताबीच असोज २ मा शिखर बैठक हुने

बिआरटीनेपाल २०७५ भदौ २२ गते ९:३१ मा प्रकाशित

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच आगामी असोज २ मा शिखर वैठक हुने भएको छ । को शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा गर्नेगरी उक्त मिति तय भएको मूनका विशेषदूतले बताएका छन् । उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रपति मूनका विशेषदूत चुङ उई–योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमतिहरु हुनेक्रममा रहेको जानकारी दिनुभएको छ । राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख समेत रहेका चुङले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरिया भ्रमण गर्नुभएको थियो ।

मून र किमबीचको यो तेस्रो शिखर बैठक हुनेछ । यसअघिका दुईवटा भेटवार्ता सीमावर्ती गाउँ पानमुनजोममा भएका थिए । चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर–कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने वताउनुभएको छ । वैठकमा दुबै मुलुकबीच पानमुनजोम घोषणापत्रको कार्यान्वयनको समीक्षा गर्न सहमति भएको छ र दिगो शान्ति स्थापनाका लागि व्यावहारिक उपायहरुको खोजीका विषयमा छलफल हुनेछ । साथै, बैठकमा कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण सहित समृद्ध कोरियाली द्वीप बनाउने उपायको खोजी गरिनेछ ।

सन् १९५०–५३ मा भिषण युद्ध लडेका दुई कोरिया प्राविधिक रुपमा अझै पनि युद्धकै स्थितिमा छन् । दुई कोरियाबीच हतियार बिसाउने (युद्धबिराम) सम्झौता भएको छ, तर शान्ति सन्धि भएको छैन । मून र किमले औपचारिक रुपमै यस वर्षको अन्त्यअघि नै युद्ध समाप्त भएको घोषणा गर्न सहमति जनाईसक्नुभएको छ । यस्तो घोषणाप्रति अमेरिकीहरुको धारणा केही फरक छ किनभने युद्ध समाप्त भएको घोषणा हुनासाथ दक्षिण कोरियामा तैनाथ हजारौं अमेरिकी सेनालाई फिर्ता लैजानुपर्ने दबाब सिर्जना हुनसक्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू