अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

मुलुकी संहिता संशोधनको माग गर्दै पत्रकारहरुद्धारा प्रदर्शन – प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग

बिआरटीनेपाल २०७५ भदौ २२ गते ९:२७ मा प्रकाशित

भदौ १ गतेदेखि लागु भएको मुलुकी संहिता संशोधनको माग गर्दै पत्रकारहरुले शुक्रबार काठमाडौमा प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाहरुले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनसहित धर्ना दिएका हुन् । प्रदर्शनमा सहभागीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, मुलुकी देवानि र फौजदारी संहिता संशोधन गर, आलोचना गर्न पाउने नागरिक अधिकार सुरक्षित गर, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर आदि लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

यसैवीच, संहिता संशोधनको माग गर्दै पत्रकार महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधान अनुसार सञ्चार माध्यममा प्रकाशित-प्रसारित सामग्रीकै आधारमा संचारकर्मी माथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएको भन्दै संशोधन गर्न माग गर्दै आएको छ ।

प्रर्दशन कार्यक्रमलाई सम्वोधन गर्दे पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पटक पटक आफुहरुको मागका बिषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गर्दा पनि संबोधन हुने नदेखिएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । महासंघका उपाध्यक्ष दिलिप थापा मगरले संबिधानमा नै रहेको प्रेस स्वतन्त्रताको अधिकारलाई नयाँ कानुनले कुल्चने काम गरेको आरोप लगाउनुभयो । सञ्चार माध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउनु नहुने बताउँदै महासंघले लेखेर हुने गल्तीलाई देवानी कसुरमा राख्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू