अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौंडावीच भेटवार्ता

बिआरटीनेपाल २०७५ भदौ २२ गते ९:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका भारतीय पूर्वप्रधानमन्त्री एच.डी.देवेगौंडावीच भेटवार्ता भएको छ । भेटमा नेपाल र भारतवीचको आपसी सम्वन्धको विायमा छलफल भएको प्रधानमन्त्रकिो सचिवालयले जनाएको छ । सो अवसरमा नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा पुर्व प्रधानमन्त्री देवेगौंडाले प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिनुभएको थियो ।

देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्धमा नयाँ उचाइमा पु¥याएको समेत वताउनुभयो । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट विशेषगरी जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको वताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू