अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

भारतले साना देशहरूको सम्मान गर्न सक्नु पर्दछ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ भदौ २२ गते ९:२० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले साना देशहरूको विशिष्ट संवेदनशीलता हुने र ठुला छिमेकीले त्यसलाई बुझिदिनु पर्ने वताउनुभएको छ । साथै उहाँले ठुला छिमेकीले त्यसलाई सम्मान गर्नुपर्ने पनि वताउनुभयो । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘रिसेन्ट डिभेलपमेंट्स इन नेपाल एंड एड्भान्सिङ इण्डिया अर्थात, (नेपाल पार्टनरसिप फर शेयर्ड प्रोस्पेरिटी’ (नेपालमा पछिल्लो विकासक्रम एवं साझा समृद्धिका लागि भारत(नेपाल साझेदारी) विषयक कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष प्रचण्डले दुई छिमेकीबीचको पारस्परिक सम्बन्ध अन्य दुई देशवीचको सम्बन्ध भन्दा विशिष्ट हुने भन्दै एक-अर्काको सम्प्रभुता, भौगोलिक अक्षुणता र अन्तरिक मामिलामा हस्तक्षेप नगर्ने गर्नाले आपसी विश्वास र समझदारी झनै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

‘इण्डियन काउन्सिल फर वर्ल्ड अफेयर्स( आइसीडब्लुए’द्वारा आयोजित कार्यक्रममा भारतीय बुद्धिजीवीहरूमाझ वोल्दै अध्यक्ष प्रचण्डले नेपाल र भारतका थुप्रै चुनौतीहरू रहेको र ती चुनौतीहरूसँग जुझ्न साझा पहल आवश्यक रहेको ठहर गर्नुभयो । आफ्नो लगभग आधा घण्टा लामो प्रवचनको क्रममा अध्यक्ष प्रचण्डले नेपालले सशस्त्र विद्रोहदेखि संविधान निर्माण सम्मको कठिन बाटो सफलतापूर्वक पार गरेको र वर्तमान संविधानसँग २ करोड ८० लाख नेपालीहरूको सपना गाँसिएको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू