अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

काबुलको रेस्लिङ क्लबमा बम विस्फोट, २ पत्रकार सहित २० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ २१ गते ९:४७ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा कम्तीमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा ४ जनाको मृत्यु भएको छ ।

अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा कारमा बम राखेर गराइएको हो । घटनामा स्थानीय टेलिभिजन टोलोका दुई जना पत्रकारसमेत मारिएका छन् । समाचार संकलनमा रहेका उनीहरुको कार बम बिस्फोटमा मृत्यु भएको हो । बिस्फोटमा परी घाइते भएकाहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बिस्फोटका कारण रेस्लिङ क्लब पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने कयौं सवारीसाधन ध्वस्त भएका छन् । बिस्फोटको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू