अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

जापानमा शक्तिशाली भूकम्प ८ जनाको मृत्यु, सयौं बेपत्ता

बिआरटीनेपाल २०७५ भदौ २१ गते ९:४५ मा प्रकाशित

उत्तरी जापानको होक्काइदो द्वीपमा गएको शक्तिशाली भुकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । जापानमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको जापानी संचारमाध्महरुले जनाएका छन ।

गत साता पनि सोही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । उक्त क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।
भूकम्पपछि दर्जनौ घरहरु ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ । भुकम्प पछि उद्धार तथा राहत प्रयोजनको लागि प्रहरी अधिकारीहरुलगायत करिब २० हजार उद्धारकर्ताहरु परिचालित भएके सरकारका प्रवक्ता योसिहिदे सुगाले जानकारी दिनुभएको छ ।

सो उद्धारकार्यमा अरु करिब २० हजार सैनिकलाई पनि परिचालन गर्ने तयारी भइरहेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने वताउदै अधिकारीहरुलाई आवश्यक निर्देशन समेत दिईसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू