अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

बङगलादेशले नेपालको ९ हजार मेगावाट विजुली खरिद गर्ने

बिआरटीनेपाल २०७५ भदौ २१ गते ९:३७ मा प्रकाशित

बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो । उसले २०४० भित्र नेपालबाट ९ हजार मेगावाट विजुलीखरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर,उर्जा र मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विजुली आयात गर्ने उल्लेख छ ।

ढांकामा विहीवारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बङगलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने दाबी गर्नुभयो । नेपाल र बङगलादेशबीच गत १० अगस्टमा इनर्जी कोअपरेशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री बर्षमान पुन र बङगलादेशका उर्जामन्त्री नसरुल हमिदबीचले उक्त समझदारीमा हस्ताक्षर गर्नुभएको थियो ।

उर्जामन्त्री पुनले नेपालमा उत्पादित विजुलीको लागी बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आउनुभएको छ । उर्जामन्त्री पुनले आगामी १० बर्षमा नेपालले १५ हजार विद्युत उत्पादन गर्ने सरकारको योजना रहेकोे भन्दै आफुहरु बङगलादेशमा विद्यूत निर्यात गर्न तयार रहेको वताउनुभएको छ । बङगलादेशको तीनदिने भ्रमणका क्रममा ढाका पुग्नुभएका मन्त्री पुनले उर्जा र जलविद्युत क्षेत्रमा गर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसंग द्धिपक्षिय वार्ता गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू